नवलपुरमा अपराधिक घटनाहरुमा वृद्धि !

नवलपुर । नवलपुर जिल्लामा अपराधका घटनाहरुमा कमी आउन सकेको छैन । जिल्लामा गम्भिर तथा बढी अपराधका घटनाहरु न्यूनीकरण हुन नसकेको हो । गत वर्षको तुलनामा यो वर्ष अपराधका घटनाहरु बढेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीको तथ्यांकअनुुसार जिल्लामा सबै भन्दाबढी लागुपदार्थ ओसारपोसार, महिला तथा बालबालिका...

‘१४ सय ९६’ औं मोहम्मद जयन्ती ‘ मा नेपालमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा !

काठमाडौं । सरकारले भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘मोहम्मद जयन्ती १४ सय ९६’ को अवसरमा मुस्लिम समुदायलाई कात्तिक २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।...

कञ्चनपुर : भारतीय तस्करबाट सिमामा खटिएका सशस्त्र प्रहरी जवान कुटिए

काठमाडौं । सशस्त्र प्रहरी बलका जवानमाथि भारतीय तस्करहरुले कुटपिट गरेका छन् । जिल्लाको दोधाराचादनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा खटिएका जवान देखेर तस्करले कुटपिट गरेका हुन् । अवैध समान ओसारपसार गर्न नदिको भन्दै उनीहरु परिवारसहित आएर पोसाकमै रहेका जवान सुदिप सुनारलाई कुटिएको हो ।सोमबार राति भारतबाट अवैध सम...

यात्रुसँग बढी भाडा लिन खोज्ने ९ जना पक्राउ !

काठमाडौँ। दशैँमा काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्नखोज्ने ९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनि मोलमोलाई गर्ने ९ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ,...

नेपालीको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना

काठमाडौं। नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ ।घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री ...

६ महिनापछि खुल्यो टीकापुर पार्क, व्यवसायी उत्साहित

- झलनाथ खनाल / भजनी । कोरोना भाइरसको संक्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेका टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक लाखौं पर्यटकले अवलोकन गर्दै आएको छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै ...

उपचारका क्रममा बालिकाको ज्यान गएपछि पाँचथर अस्पताल दिनभर तनावग्रस्त

पाँचथर । उपचारका क्रममा एक बालिकाको ज्यान गएपछि जिल्ला अस्पताल दिनभर तनावग्रस्त बनेको छ । इन्जेक्सन लगाए लगत्तै तीन वर्षिया बालिका कृष्टिना थाम्सुहाङको निधन भएपछि मृतकका आफन्तले छानबिनको माग गर्दै अस्पतालबाहिर आन्दोलन गरेका हुन् । फालेलुङ गाँउपालिका–८ स्थायी घर भई फिदिम नगरपालिका–२ पल्लोटारमा बसोबास गर्दै...

युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा बिरेन्द्र जोशी

गणेश एसके/कञ्चनपुर। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलनबाट अध्यक्षमा वीरेन्द्र जोशीलाई चयन गर्दै ६३ सदस्यीय जिल्ला समिति निर्वाचन गरी महेन्द्रनगरमा सम्मेलन सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि का रूपमा रहेका नेता ओम प्रकाश पु...

कैलालीका पहिरो पीडितहरुको दुई बर्षदेखि सडकमै बास, सरकार मुकदर्शक !

कैलाली । दुई वर्षअघिको पहिरोबाट विस्थापित भएका कैलालीको चुरे गाउँपालिकाका पीडितको व्यवस्थापनमा सरकारले चासो नदिँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पहिरोका कारण घरबार विहीन भएका उनीहरूको अहिले पनि सडक र जंगलमै बास भएको छ । मापदण्ड विपरीत भौतिक संरचनाको निर्माण तथा जथाभावी सडक खनिँदा अहिलेको अवस्था आएको...

आज देखि अनावश्यक भीडभाड, जुलुस, जात्रा आदि गर्न नपाइने

काठमाडौँ। आज बिहीबार रातिदेखि अनावश्यक अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव गर्न नपाइने भएको छ । सरकारले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी यस्तो आदेश जारी गरेको हो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम...