कोरोना प्रभाव : भारतीयलाई नेपाल प्रवेशमा रोक, सुरक्षा कडा !

सुनसरी । कोरोना भाइरसले महामारीको रूप लिएपछि सुनसरीको नेपाल भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सुनसरीका नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको हो । कोराना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भारतिय नागरिकहरूको आवागमनलाई बन...

कोरोनाको हटस्पट बन्दै बाँके : भेरी अस्पतालमा ४७६ को नमुना परीक्षण गर्दा ३८३ मा कोरोना पुष्टि

बाँके । जिल्लाको भेरी अस्पतालमा चार सय ७६ जनाको नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ हालसम्म ५८ हजार दुई सय ९४ नमुना परीक्षण गरिएको छ । जसमध्ये सात हजार नौ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नेपालगञ्जका दुई सय ३६ र कोहलपुरका २५ छन् भने बर्...

जानकी मेडिकल कलेजलाई कोरोना विशेष अस्पताल बनाउने !

जनकपुरधाम। जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको छ । सोमबार रमदैया स्थित जानकी मेडिकल कलेजमा दुई सय शैय्याको कोरोना विशेष अस्पतालको रुपमा संचालनमा ल्याउने निर्णय भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्ला भित्रका सरकारी, अर्धसरकारी, ...

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८० पुग्यो !

बाँके। बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । पछिल्लोपटक आइतबार बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २ः३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए । उनका अनुसार...

बलात्कारको अरोपमा गाँउपालिकाका अध्यक्ष पक्राउ

सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरी १७ बर्षिया किशोरीलाई गाउँपालिकामा जागिर लगाईदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गराई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । गाउँपालिकाका ...

असिनाबाट ४८ करोडको क्षति

विकास घिमिरे, धनकुटा । वैशाख २ र ३ गते परेको असिनाबाट धनकुटाको छथरजोरपाटी गाउँपालिकामा ४८ करोड मूल्य बराबरको तरकारी, फलफुल नष्ट भएको छ । गाउँपालिकाको कृषि शाखाले गरेको अनुगमन तथा सार्वजनिक सूचनामार्फत संकलन गरेको विवरणअनुसार पालिकाको २, ५ र ६ नम्बर वडामा लगाइएको सबै बाली र अन्य तीनवटा वडामा आंशिक क्षति भएको ...

भारतबाट नेपाल फर्किएका कोरोना संक्रमितको मृत्यु

डीबी विष्ट, बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार दिउँसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङका निमित्त कार्यलय प्रमुख डाक्टर मिलन खड्काले बताउनु भयो । संक्रमित व्यक्ति भारतबाट चैत्र २९ गते बझाङ (आफ्नोघर) आएका थिए । उनी स्वास्थ्यमा समस्...

पेस्तोल बोकेर ससुराली जाँदा पक्राउ !

सुनसरी । कटुवा पेस्तोल बोकेर सुसुराली गएका एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोसी गाँऊ पालिका–४ जुद्धगन्जमा रहेको ससुराली घरमा पेस्तोल सहित आएका सप्तरी कन्चनरुप नगरपालिकाका–१ का जमाल भन्ने तालिम मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । अवैध हतियार सहित ससुराली आएक...

पुजारीका हत्यारालाई पक्राउ गर्न सफल इन्सपेक्टर पाण्डेको जाजरकोट सरुवा !

रबिन्द्र यादव, नवलपरासी पश्चिम। बेलाटारी – नवलपरासी पश्चिमको इलाका प्रहरी कार्यालय बेलाटारी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) खुमानन्द पाण्डे शुक्रबार बिदा भएका छन् । जाजरकोटको अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका इन्सपेक्टर पाण्डेलाई शुक्रबार प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधि, उद्योगी व्यवसायी, ...

गोली लोड भएको पेस्तोल सहित एक जना पक्राउ ।

रबिन्द्र यादव, नवलपरासी। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गोली लोड भएको पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाँउपालिका वडा नम्बर ५ तरैनी बस्ने बर्ष २२ को सुनिल भेडियार पाल रहेका छन् । प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे चार बजेको समयमा भारतबा...