कैलालीको रेड स्टार एफएममा तोडफोड, प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीमाथि कुटपिट !

कैलाली । कैलालीको लम्कीस्थित रेडियो रेड स्टार एफएममा तोडफोड भएको छ। स्थानीय ९ जनाको समूहले आइतबार साँझ एफएममा प्रवेश गरि तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक वसन्त जैशीसहित २ जनालाई कुटपिट गरेको छ। ९ जनाको समूहले बाहिर आउनुपर्ने भन्दै एक्कासी सो समूहले एफएम तथा प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन ...

महेन्द्रनगरको भृकुटी मा बि का शिक्षकमा कोरोना पुष्टि, विद्यालय बन्द

मनोज भट्ट, कंचनपुर | महेन्द्रनगरको भृकुटी माध्यामीक विद्यालयका एक जना शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको हो। विद्यालयका निमित्त प्रधानाध्यापक विरेन्द्र प्रसाद भट्टले संक्रमण बढ्न सक्ने भएकाले अर्को सूचना नआएसम्म विद्य...

हावाहुरीले त्रिशूलीको निर्माणाधीन पक्की पुल उडायो

काठमाडौं । शनिबारको भीषण हावाहुरीले त्रिशूली नदीको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो । एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलान...

काठमाडौं प्लाजा ‘सिल’

काठमाडौं । नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समय सीमासम्म पनि खाली नभएपछि ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको हो । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प...

वैशाख १० र ११ मा विश्व नेपाली साहित्य सम्मेलन हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले वैशाख १० र ११ गते भर्चुअलरुपमा विश्व नेपाली साहित्य सम्मेलन गर्ने भएको छ । संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने श्रष्ट्राहरुलाई समेट्दै सम्मेलन गर्न लागिएको जनाईएको छ । सम्मेलनमा विभिन्न क्षेत्र र विधाका स्थापित ...

५ वर्षीया बालिका बलात्कार आरोपमा ५० वर्षीय पुरुष पक्राउ

भोजपुर । षडानन्द नगरपालिकामा बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोपालले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङ्...

ज्यान मुद्धामा नेपालबाट फरार अभियुक्त यूएईबाट पक्राउ

काठमाडौं। इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठम...

भेडेटारमा खानेपानीको हाहाकार !

धनकुटा । पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा पछिल्ला केही महिना यता खानेपानीको चरम समस्या देखिएकोे छ । पानीको समस्या भएपछि यस क्षेत्रका अधिकांश होटलले ट्याङ्करकै पानी खरिद गरी होटल सञ्चालन गर्दै आएका छन् । भेडेटारमा पानीको समस्या समाधानका लागि लिफ्टिङ गरेर पानी ल्याइएको छ । लिफ्टिङ मार्फत चारवटा मुहानव...

शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी

काठमाडौं । काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । आइतबार बिहान करिब ११ बजे बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरु भएको निकुञ्जले जनाएको छ । आगलागी कसरी सुरु भएको भन्ने केही जानकारी नभएको जनाइएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै क...

सुन व्यवसायीको गोली हानी हत्या

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी पसल गरि बस्ने ४५ वर्षिय प्रदिप कुमार विश्वकर्माको घरमा प्रवेश गरि लुटेराहरुले उनको हत्या गरेको प्रहरीले जनाएको छ । प्रदिपलाई नाक र टाउकोमा खुकुरी प्रहार गरेपछि छातीमा गोली हानी हत्या गरेक...