खासमा ढाडमा रहेको प्राकृतिक रेखाले बिजुली प्रवाहको काम गर्छ । यो रेखा दाहिने काँधदेखि कम्मरसम्म रहेको हुन्छ । अत्यन्त सूक्ष्म यो नैसर्गिक रेखाको स्वरूप लज्जावती झार जस्तो हुन्छ । रेखा भन्नाले यहाँ नसालाई इंगित गर्न खोजिएको हो । यो नसा संकुचित अवस्थामा रहँदा मानिसले काम क्रोध आदि विकारहरूको सीमा नाघ्न पाउँदैन । तर जनैको...





