पोर्चुगल : हाईड्राइभ नेपालीहरुलाई कोरोना संक्रमण, समुदायमा तिब्र गतिमा फैलिदै कोरोना !

गणेश पाण्डेय, लिस्बन। पोर्चुगलमा कयौ हाईड्राइभ नेपालीहरु कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमण हुने हाईड्राइभ नेपालीहरुमा एनआरएनए पोर्चुगलका पदाधिकारी, नेपाली जनसम्पर्क समितिका नेताहरु, विभिन्न सामाजिक संस्थाका अगुवाहरु र सामाजिक अभियन्ताहरु समेत रहेका छन्। पछिल्लो चरणमा सेप्टेम्बरको शुरुवातीसंगै पोर्चुगलम...

पोर्चुगलमा कोरोनाका संक्रमितको संख्यामा रेकर्ड ब्रेक: पछिल्लो २४ घण्टामा अहिलेसम्म सम्मकै ठुलो संख्यामा संक्रमित पुष्टी

सम्झना अधिकारी, लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितको संख्यामा डरलाग्दो रफ्तारमा वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा अहिलेसम्म सम्मकै ठुलो संख्यामा संक्रमित पुष्टी भएको स्वास्थ्य महानिर्देशनायलले जनाएको छ। पछिल्लो २४ घण्टामा एक हजार ६४६ जना संक्रमित भएका छन्। संक्रमितहरुको यो संख्या अहिलेसम्मकै उच्च हो। ...

पोर्चुगलमा कोरोना : देशभरका १४१ बिद्यालयमा कोरोना संक्रमण पुष्टी ( सुची सहित् )

लिस्बन। पोर्चुगलमा कोरोनाका कारण ६ महिनासम बन्द रहेका बिद्यालयहरु नयाँ शैक्षिक सत्रका लागि सेप्टेम्बरको मध्यबाट सुचारु भएएता १४१ बिद्यालयमा कोरोना संक्रमण पुष्टी भएको छ। शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य महानिर्देशनालयले सो तथ्यांक सार्वजनिक गरेको हो। देशभरका कुन कुन सार्वजनिक र निजी बिद...

पोर्चुगल : सिन्त्रामा भीरबाट कार ४० मिटर तल खस्यो, चालकको अवस्था चिन्ताजनक !

लिस्बन। सिन्त्रामा एउटा कार भीरबाट करिब ४० मिटर तल खसेको छ। अजुदा समुन्द्री तट नजिक भएको सो दुर्घटनामा चालकको अवस्था चिन्ताजनक रहेको छ। शुक्रवार बेलुकी करिब ५ बजेर ५० मिनेट जादा सो घटना भएको प्रहरीले जनाएको छ। कार भीरबाट खस्दा कारभित्र अड्किएका चालकलाई उद्धारकर्मिहरुले निकै मुश्किलले उद्धार गरेक...

पोर्तो बिश्वबिद्यालयमा ७९ जना बिद्यार्थीमा कोरोना संक्रमण

लिस्बन। पोर्चुगलकै प्रसिद्ध र ठुलो मानिएको पोर्तो बिश्वबिद्यालयका ७९ जना बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित बिद्यार्थीहरु विभिन्न संकाय र बिषयको अध्ययन गर्नेहरु रहेको बिश्वबिद्यालय सूचना विभागले जनाएको छ। पोर्चुगलकै प्रसिद्ध र ठुलो मानिएको पोर्तो बिश्वबिद्यालयमा संसारभरका करिब ४० हज...

पोर्चुगलमा कोरोना : महामारी शुरु भएयताकै दोश्रो ठुलो संक्रमण , पछिल्लो २४ घण्टामा १२ को मृत्यु, १३९४ संक्रमित

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् भने १३९४ जना नयाँ संक्रमितको पुष्टी भएको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार संक्रमितको यो संख्या पोर्चुगलमा मार्च महिनामा संक्रमण देखिएयताकै दोश्रो ठुलो हो। पछिल्लो तथ्यांक अनुसार हालसम्म पोर्चुगलमा कोरोनाका कारण २ हजार...

स्पेनमा आप्रवासी माथि कडाई, नेपालीहरु धमाधम पोर्चुगल जादै

कृष्ण खनाल, बार्सिलोना । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वातामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्र...

पोर्चुगलमा कोरोना : मृतकको संख्या २००० नाघ्यो !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या दुई हजार नाघेको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन्। यो संगै पोर्चुगलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २००५ पुगेको छ। त्यस्तै सोही समयमा ९०४ जना कोरोनाका नयाँ संक्रमितहरु फेला परेका...

बेलायती नागरिकद्वारा बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार

बेजा, पोर्चुगल। एक जना बेलायती नागरिकले पोर्चुगलको बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार गरेका छन्। बेजाको त्रिन्ददेमा शनिवार राति उनीहरुबिच बिबाद हुदा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट घाइते भएका दुबै पोर्चुगाली नागरिकको बेजा अस्पतालमा उपचार भईरहेको छ। प्रहरीका अनुसार बेल...