काठमाडौं । नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा अभिनित ‘ब्ल्याक’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । भाद्र १ गतेबाट देशव्यापी प्रदर्शन आउन लागेको फिल्म ‘ब्ल्याक’ को ‘तिम्रो लागि…’ बोलको गीत सार्वजानिक भएको हो । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काले भरेका छन् । कोरियोग्राफी रामजी लामिछानेको...





