अध्यक्ष प्रचण्डले दिए स्वर्ण पदक विजेता महर्जनलाई बधाई

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएक छन् । अध्यक्ष प्रचण्डको निमन्त्रणामा प्रचण्ड निवास खुमलटार पुगेका महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा संवरण पदक जितेका थिए । उक्त ...

रोनाल्डोको गोलमा युभेन्टसको जित

युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकाल्दा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्न सफल भएका छन् । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्टसले साम्पडोरियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गरे । साम्पडोरियाका फाबियो क्वाग्लियरेल्लाले एक गोल फर्काएका थिए । खेलको द...

इंग्लिस प्रिमियर लिग: टोटनह्याम वोल्भ्ससँग स्तब्ध

काठमाडौं । लिगको दोस्रो स्थामा रहेको टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्याम वोल्भ्ससँग ३–१ गोल अन्तरले पराजित भएको हो । वोल्भ्सको जितमा विली वोली, राउल जिमिनेज र हेल्डर कोष्टाले गोल गरे । टोटनह्यामका लागि ह्यारी केनले गोल फर्काएका थिए । खेलको २२...

किरण चेम्जोङ बने माल्दिभ्समा उत्कृष्ट गोलकिपर

काठमाडौं । नेपालका गोलकिपर किरणकुमार चेम्जोङले यस वर्षको ‘माल्दिभ्स फुटबल अवार्ड’ जितेका छन् । टिम नेपालको पहिलो रोजाइका गोलकिपर चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड हात पारेका हुन् । टीसी स्पोर्टस्बाट खेलेका उनले उत्कृष्ठ प्रदर्शन गर्दै १६ मध्ये ११ खेलमा एक गोल हुन दिएनन् । धिव...

सन्दीपले किफायती बलिङसँगै मेलवर्नलाइ पहिलो जीत गराए

-हेमन्त काफ्ले सिड्नी नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलवर्न स्टार्सले बिग ब्यासको तेस्रो खेलबाट पहिलो जित निकालेको छ। सन्दीपले निकै किफायती बलिङ गरेको खेलमा मेलवर्न स्टार्सले घरेलु टोली सिड्नी सिक्सर्सलाई पाँच विकेट हराउँदै तालिकाको चौथो स्थानमा उक्लिएको छ। सिड्नी सिक्सर्सले दिएको १३१ रनको लक्ष...

मनाङ मर्स्याङ्दी क्लबले रच्यो नयाँ इतिहास : दुई खेलअघि नै आठौ पटक लिग च्याम्पियन बन्न सफल

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब दुई खेलअघि नै शहीद स्मारक ए डिभिजन लिग फुटबलको विजेता बनेको छ । ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै विजेता बनेको हो । यसपछिका दुबै खेल आफ्नो पक्षमा नरहे पनि मनाङ विजेता बन्नेछ । मनाङले लिगको ...

नेयमारलाई बार्सिलोना फर्काउन आर्थरको प्रार्थना

एजेन्सी । बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर आर्थर मेलोले पूर्वस्टार नेयमार पुनः बार्सिलोना फर्किएको हेर्न आफु आतुर रहेको बताएका छन् । ब्राजीलका सुपर स्टार नेयमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा खुसी नरहेको समाचार आइरहेका बेला आर्थरले यस्तो बताएका हुन् । क्रिसमसको अवसरमा ‘मुन्डो डेपोर्टिभो’ सँगको कुराकानीम...

न्युजिल्यान्ड १७८ रनमै अलआउट, पहिलो दिन श्रीलंकाले पनि गुमायो चार विकेट

काठमाडौं । दोस्रो तथा अन्तिम टेष्ट क्रिकेट खेलमा घरेलु टोली न्युजिल्यान्डले श्रीलंकाविरुद्ध आफ्नो पहिलो इनिङमा खराब प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा १७८ रनमात्रै बनाउन सकेको छ । क्राइष्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सबै विकेटको क्षतिमा १७८ रनको सामान्य स्कोर मात्रै बनाउन सक्यो । न्युजिल्य...

सात वर्षीय आर्ची चिलर, जसले गरे अष्ट्रेलियन क्रिकेट टिमको कप्तानी

मेलबर्न : अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गरेका छन् ।बुधबार भएको पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट खेलका क्रममा बु...

स्पेनिस ला लिगा : मेस्सी र डेम्बेलेकाे गाेलमा बार्सिलोनाकाे सहज जित

स्पेनिस ला लिगा अन्तरगत गएराति भएको खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोनाले सहज जित निकालेकाे छ । बार्सिलोनाकाे घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि २–० गाेल अन्तरकाे सहज जित निकालेकाे हाे । बार्सिलोनालाई सहज जित दिलाउनका लागि कप्तान लिओनल मेस्सी र फ्रेन्च विंग उसामान डेम्बेलेले समान ...