अवैध रकम सञ्चित गर्नेहरुका लागि सहज मुलुकको रुपमा समेत चिनिने स्वीजरल्याण्डका बैंकमा नेपालीको अर्बौं रुपैयाँ रहेको खुलासा भएको छ । तर उक्त रकम क-कसको हो ? भन्नेबारे केही खुलेको छैन । विदेशी बैंकमा नेपालीले अर्बौ रुपैयाँ राखेको खुलासा हुँदा नेपाल राष्ट्र बैंक भने बेखबर छ । स्वीस नेशनल बैंक (एसएनबी)ले हालै मात्र स...





