आठ महिनापछि खुल्यो सदर चिडियाखाना

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण गत चैत ७ गतेदेखि बन्द भएको चिडियाखाना स्वास्थ्य मापदण्ड अपनाएर आजदेखि खुल्ला गरिएको हो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न भने नपाउने चिडियाखानाले...

बोक्सी आरोप लगाउने ३ जनालाई कैद र जरिवाना 

यज्ञराज थापा, सल्यान | सल्यान जिल्ला अदालतले बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई सोमबार कैद तथा जरिवाना तोकेको छ। शारदा नगरपालिका–१ का २३ वर्षीया जयन्ती खड्का, २१ वर्षीया सरिता खड्का र २४ वर्षीया गीता खड्कालाई कैद र जरिवानको फैसला गरेको हो। जिल्ला अदालतले जयन्तीलाई ६ महीना कैद र...

७० वर्षीय बुबाको हत्या आरोपमा छोरा पक्राउ

गोरखा । जिल्लामा बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–८ धन्सारका ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । सिरानचोक–८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले ७० वर्षीय बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएका थिए । घटनाको ख...

७५ हजार घुससहित नगरपालिकाका इन्जिनियर पक्राउ

नुवाकोट । बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर ७५ हजार घुससहित पक्राउ परेका छन् । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनका लागि सेवाग्राहीसँग घुुस लिइरहेको अवस्थामा इन्जिनियर पर्वत पौडेल पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकालबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको आयोगले जानकारी द...

नक्कली नोट छाप्ने कारखाना सहित दम्पती पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले नक्कली नेपाली नोट बनाउने कारखानामा छापा हानेको छ । भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारको २ नम्बर गल्ली स्थित सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान अनुज शर्मालाई नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ पछि प्रहरी टोलीले ती दम्पती बस्ने डेरामा ...

जर्बजस्ती करणीको अभियोगमा ६ जना जेल चलान

काठमाडौँ । दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत कात्ति...

बैतडीमा जिप दुर्घटना : ५ जनाको मृत्यु

बैतडी । बैतडीको बुढ्ढामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो पौने २ बजे बुढ्ढा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिपमा सवार अन्य ५ जना घाइ...

वरिष्ठ शल्यचिकित्सक डा.मुडभरीको कोरोनाबाट निधन

काठमाडौं । वरिष्ठ चिकित्सक डा.ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा.मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दि...

प्रहरी हिरासतभित्रै आत्महत्या

बाँके। जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका छन्। बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन्। अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो।...

पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौँ। ३१ वर्षीय सन्चारकर्मी गोकर्ण गौतमको आज (बिहीबार) निधन भएको छ । मष्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको आज बिहान निधन भएको हो । उनको आज बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)...