देउसी भैलोमा खुकुरी हानाहान हुदा एक ब्यक्तिको मृत्यु – आजदेखि देउसी खेल्न प्रतिवन्ध

जिल्ला प्रशासन कार्यालय दाङले आजबाट देउसी भैलो खेल्न प्रतिवन्ध लगाएको छ । देउसी भैलो कार्यक्रममा खुकुरी हानाहान भएर एक ब्यक्तिको मृत्यु भएपछि प्रशासनले देउसी भैलो खेल्न रोक लगाएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ साजखुट्टीमा भैलो खेल्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा चक्कु प्रहार हुँदा एक जनाक...

राजधानीमा फेरी गोली चल्यो – एकाबिहानै गुरुङमाथी गोली हानियो –

काठमाडौँ । काठमाडौँको म्हेपीमा आइतबार बिहानै स्कुटीमा सवार एक पुरूषमाथि गोली हानिएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकका अनुसार गोली लागेर स्कुटीमा सवार कल्याण गुरूङ घाइते भएका छन् ।गुरूङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । रानीबारीमा बस्ने गरेका गुरूङको घुँडामुनि एक राउन्ड गो...

मुक्तिनाथाले सबैको कल्याण गरुन , आइतवार कार्तिक ५/अक्टोबर २२को राशिफल

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक ५ गते आईतबार इश्वी सन २०१७ अक्टोबर २२ तारीख कार्तिक शुक्ल पक्ष तृतीया तिथी चन्द्रमा बृश्चिक राशिमा सूर्य दक्षीणायन शरद ऋतु –ज्यो . पं . सरोज घिमिरे । मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नजिकका ब्यत्तिहर...

३४ दलले एउटै संयुक्त चिन्ह हलोमा चुनाव लड्ने

काठमाडौं । ३३ दलीय मोर्चा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच चुनावी तालमेल, राष्ट्रियता र पार्टी एकीकरणबारे सहमति भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब मोर्चाले एराप्रपा (राष्ट्रवादी) लाई समर्थन गर्ने र आयातकार भित्रको हलो चुनाव चिह्नमा चुनाव लड्ने निर्णय भएको मोर्चाका संयोजक युवरा...

दिदीबहिनी र दाजुभाई नहुनेहरु बालगोपालेश्वर मन्दीर रानीपोखरीमा भाइटीका लगाए

काठमाडौँ । वर्षको एकदिनमात्र खुला रहने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दीरमा ठूलो घुइचो छ । आफना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने भएकाले साईतमा टीका लगाउन मन्दिर परिसरमा भीड लागेको हो । बालगोपालश्वर महादेवको मन्दिर सर्वसाधारणका लागि वर्ष...

स्थानीयवासी र प्रहरीबीच झडप हुदा ११ राउण्ड अश्रुग्यास प्रहार

रौतहट । मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चारदिन अघि एउटा मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गएराति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार...

प्रधानमन्त्री देउवाद्वारा बालुवाटारमा भाईटीका ग्रहण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाउनुभयो । उहाँले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गर्नुभएको हो । टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्...

राष्ट्रपतिबाट शितलनिवासमा भाइटीका प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभयो । राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । भाई डेगेन्द्र प...

भाइटीकाको दिन पनि वाग्मती सफाइ गरीने

काठमाडौँ । तिहारको मुख्य दिन कात्तिक ४ गते शनिबार पनि वाग्मती सफाइ महाअभियानको कार्यक्रमले निरन्तरता पाउने भएको छ । महाअभियानले भाइटीकाका दिन पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गर्ने अभियानकर्मी एवम् नेपाल विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । विसं २०७० जे...

वडाअध्यक्षसहित ३० जुवाडे पक्राऊ – नेताको दवाबपछि सबै छुटे

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ३० जना जुवाडे माफी मागेर रिहा भएका छन्। बुधबार राति पक्राउ परेका रौतामाई गाँउपालिका ८ का वडा अध्यक्ष टेकबहादुर बलम्पाखी मगरसहित ३० जना जुवाडे बिहीबार राति माफी मागेर छुटेका हुन्। उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले एक पटकलाई मात्र माफी दिएको बताए । ‘वडा अध्यक्ष सहित धेरै...