जनता समाजवादी पार्टीका आङकाजी पक्राउ ( भिडियो सहित )

काठमाडौं । जनता समाजवादी पार्टीका आङकाजी शेर्पासहित नौं जना नेताहरु पक्राउ परेका छन् । भारतले नेपालको लिपुलेकमा सीमा अतिक्रमण गर्दै बाटो बनाएको विरोधमा गरिएको प्रदर्शनमा उनीहरु पक्राउ परेका हुन् । काठमाडौंको असनमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरिएको जसपाका नेता आङकाजी शेर्पाले बताए ।...

अब जिल्ला जिल्ला लक, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ । कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गतेबाट लागू हुनेगरी यस्तो निर्णय गरिएको हो । काठमाडौँमा सवारी पास ...

स्वास्थ्यचौकीका कर्मचारीलाई ज्यान मार्ने धम्की, कर्मचारी ताला लगाएर ज्यान जोगाउन भागे

बाँके । खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीमा ताला लगाइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प...

क्वारेन्टाइन राख्न खोज्दा तीन तला माथिबाट हाम फालेपछि …

कास्की। भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । बस्नेत भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी लिएर उनको घर पुगेका थिए । प्रहरीसहितको टोली घरमा देखेपछि पु...

गोरखामा दुई जना नदीमा बगेर बेपत्ता

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । माछा मार्ने क्रममा आज दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । बेपत्ता ...

शंकर पोखरेललाई भीम रावलको काउन्टर जवाफ- ” अर्ती उपदेश दिने कुराको औचित्य रहन्न”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावलले अरुलाई अर्ती उपदेश दिने कुराको औचित्य नरहने भन्दै कडा प्रतिक्रिया दिएका छन् । स्थायी कमिटि सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आरोप प्रत्यारोपभन्दा लिपुलेकको मुद्दामा मिलेर जानुपर्ने भनेलगत्तै रावलले कमजोरी छोप्न अरुलाई दोष दिने...

वडाध्यक्षले गाउँपालिका अध्यक्ष र उनकी पत्नीलाई कुटेर बनाईदिए गम्भीर घाइते, हेलिकप्टरमा गरियो उद्धार !

कालिकोट। कालिकोटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमलाई वडाध्यक्षले कुटेपछि गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि हेलिकोप्टरबाट आइतबार कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ । उपभोक्ता समिति गठनको विषयमा विवाद हुँदा शनिबार पलाता गाउँपालिका वडा १ का अध्यक्ष मानबहादुर भण्डारीसहित वडा सदस्यहरु...

झापा र भोजपुरका संक्रमित पनि निको, निको हुनेको संख्या ३० पुग्यो

काठमाडौँ | कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार गराईरहेका थप २ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक दीपक सिग्देलले बताए। निको भएका दुई जना झापा र भोजपुरका हुन् । योसँगै ११० जना कोरोना संक्रमित पुगेको नेपालमा निको हुनेको संख्या ३० पुगेको छ ।...

‘लिपुलेकमा एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु दुःखद्’ : पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करीब २२ किलोमिटर सडक निर्माण गरेको घटना दुःखद् भएको जनाएको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति मार्फत दुई देशबीच सहमति र सन्धि भई सीमाङ्कन भइसकेका अवस्थामा भारतद्वारा ...

नेपालमा नयाँ संक्रमित फेला परेनन्

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ...