लिस्बन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मगर समाज पोर्तुगलले चुमेको छ । अन्तिम खेलमा मगर समाज पोर्तुगलले आयोजक मोना रातो समूहलाई हराउदै ट्रफी हात पार्न सफल भएको हो । मगर समाजले ट्रफी जितेसंगै नगद १५ सय युरो र प्रमाणपत्र प्राप्त गरेको छ भने ...





