पोर्चुगल : सेतुबलमा अनधिकृत रात्रिक्लब भित्र एकको गोली हानि हत्या !

लिस्बन। सेतुबलमा अनधिकृत रात्रिक्लब भित्र एकको गोली हानि हत्या गरिएको छ। प्रहरीका अनुसार आइतबार बिहानै लुकिछिपी चलाईएको एक नाइट क्लबमा भनाभन हुदा गोली हानि हत्या गरिएको हो। गोली प्रहार गर्ने व्यक्ति फरार छन्। पोर्चुगलमा संकटकाल र लकडाउनका कारण रेस्टुरेन्ट, बिद्यालय, र क्लब सबै बन्द गरिएका छन्। ...

हावाहुरीका कारण रेलको लिगमा रुख खस्दा लिस्बन कस्काइस रेलसेवा अवरुद्ध !

लिस्बन। पोर्चुगलमा हावाहुरीका कारण रेलको लिगमा रुख खस्दा लिस्बन -कस्काइस रेल सेवा अवरुद्द भएको छ। आज दिउसो हुरिपानीले करिब १२:४५ बजेतिर साओ पेद्रो स्टोरील र कस्काइसको बिचमा रेल लिगमा रुख खसेपछि रेल सेवा अवरुद्ध भएको हो। उक्त स्थानमा नागरिक सुरक्षा अधिकारीहरुका साथमा प्रहरी, फायर फाइटर र पूर्वाधार अधिका...

पोर्चुगलमा कोरोनाका नयाँ संक्रमित र मृत्युदर निरन्तर ओरालो : शनिबार १५७० संक्रमित हुँदा ५०५० कोरोनामुक्त , ७६ को मृत्यु

लिस्बन। पोर्चुगलमा कडा लकडाउनका कारण नयाँ संक्रमित र मृत्युदरमा निरन्तर कमी आएको छ। शनिबार मात्रै १ हजार ५७० जना संक्रमित हुदा ५ हजार ५० जना कोरोनामुक्त भएका छन्। आज मात्रै कोरोनाक कारण ७६ जनाले ज्यान गुमाएका छन्। यो संगै अहिलेसम्म ज्यान गुमाउनेहरुको संख्या १५ हजार ८९७ पुगेको छ। कोरोना संक्रमि...

प्रवासी नेपाली एकता मंच पोर्चुगलका नेता थापा एनआरएनए पोर्चुगलको कार्यसमिति सदस्यमा मनोनित !

लिस्बन । प्रवासी नेपाली एकता मंच पोर्चुगलका नेता राजकुमार थापालाई गैर आवासीय नेपाली संघ पोर्चुगलले कार्यसमिति सदस्यमा मनोनित गरेको छ। संघका अध्यक्ष तिलक गैरले प्रवासी नेपाली एकता मंचका नेता थापालाई २२ जनवरी २०२१ मा संघको सदस्यमा मनोनित गरेका हुन्। नेता थापालाई कार्यसमिति सदस्यमा मनोनित गरेको खबर संघले...

कोरोना महामारीका कारण पोर्चुगलमा टुहुरा भए घरपालुवा जनावर !

लिस्बन। कोरोना महामारीका कारण पोर्चुगलमा करिब १६ हजारले ज्यान गुमाउदा उनीहरुले परिवारका सदस्य झैँ पालेका घरपालुवा जनावरहरु टुहुरा भएका छन्। टुहुरा भएका घरपालुवा जनावरहरुलाई नातागोता र घरपालुवा जनावर सम्बन्धी काम गर्ने संस्थाहरुलाई जिम्मा लगाउने काम भएको पोर्चुगिज लिग फर एनिमल राइट्स'का अध्यक्ष मारिया दो सेउले...

अनलाइन कक्षाका लागि पोर्चुगल सरकारले १ लाख १५ हजार बिद्यार्थीलाई निशुल्क ल्यापटप बाढ्यो, १० लाख बिद्यार्थीलाई ल्यापटप दिने लक्ष्य !

लिस्बन। पोर्चुगलमा कोरोना महामारीका कारण लकडाउनले बिद्यालय बन्द हुँदा अनलाइन कक्षा चलिरहेको छ। अनलाइन कक्षाहरु सुलभ गर्न सरकारले बिद्यार्थीहरुलाई चाहिने ल्यापटप र इन्टरनेट सेवा समेत वितरण सुरु गरेको छ। यो साता मात्रै देशभरका विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई १५ हजार थान ल्यापटप वितरण गरिने सरकारले जनाए...

नोकियाले पोर्चुगलमा ३०० जागिर खोल्दै !

लिस्बन। नोकियाले पोर्चुगलमा आफ्नो सेवा केन्द्र बिस्तार गर्दैछ, जसका लागि उसले ३०० जना बिज्ञहरुलाई रोजगार दिने बताएको छ। नोकिया कम्पनीले उक्त कार्यको लागि पोर्चुगल सरकारसंग सम्झौता गरिसकेको छ। नोकियाको सेवा केन्द्र लिस्बनको अमादोरामा स्थापना गरिने कम्पनीले जनाएको छ। उक्त सेवा केन्द्रबाट बित्त, भुक्ता...

पोर्चुगलमा बिना लाइसेन्स सवारी हाक्ने ६१० जना पक्राउ !

लिस्बन। पोर्चुगलमा बिना लाइसेन्स सवारी हाक्ने ६१० जनालाई प्रहरीले पक्राउ गरेको छ। यो तथ्यांक एक महिनामा पक्राउ पर्नेहरुको मात्रै हो। प्रहरीले सुरक्षा जाँचको क्रममा चेकजाँच गर्दा जनवरीमा मात्रै बिना लाइसेन्स सवारी हाक्ने ६१० जना पक्राउ परेका हुन्। यो संख्या अघिल्लो बर्षको तुलनामा ५६ प्रतिशतले बढी...

पहिलो चरणको अन्त्यमा प्रधानमन्त्री र राष्ट्रपति लगायतले लगाए कोरोना बिरुद्धको खोप !

लिस्बन। पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले कोरोना बिरुद्धको भ्याक्सिनको पहिलो डोज लगाएका छन्। उनले १५ फेव्रुअरीमा लिस्बनको हस्पिटल दास फोर्सस अर्मदासमा कोरोनाको खोप लगाएका हुन्। प्रधानमन्त्री कोस्ताको कार्यालयले उनले कोरोनाको दोश्रो डोजको लागि आफ्नो पालो कुर्ने बताएको छ। प्रधानमन्त्री क...

पोर्चुगलमा फायरफाइटरद्वारा फोहोर संकलन केन्द्रको ६ मिटर गहिरो खाडलबाट कुकुरको सकुशल उद्धार ( फोटोफिचर )

लिस्बन। पोर्चुगलको अर्कोस दे वल्देवेज़मा फायर फाइटरहरुले फोहोर संकलन केन्द्रबाट एक कुकुरको उद्धार गरेका छन्। अर्कोस दे वल्देवेज़को फोहोर संकलन केन्द्रको कम्प्याक्ट रुमबाट कुकुर भुकेको आवाज आएपछि त्यहाँका कर्मचारीले फायर फाइटर र प्रहरीलाई खबर गरेका थिए। शनिवार बिहानै करिब ८ बजेर ३० मिनेटमा प्रहरीले खबर पाएप...