कैलाली । लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनबाट घर पठाइएका एक पुरुषको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिकाको वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाइएको वडा नम्वर ७ का ३६ वर्षका पुरुषको हिजो साँझ मृत्यु भएको हो । उनलाई आइतबार घर पठाइएको थियो । मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने बताइएको छ ।...





